दफा ५४
काम कारबाही बदर नहुने
विश्वविद्यालय परिषद्को सदस्य वा पदाधिकारीको स्थान रिक्त भएको वा विश्वविधालय परिषद्को सदस्य वा पदाधिकारीको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणले मात्र त्यस्तो सदस्य वा पदाधिकारी संलग्न भई गरेको विश्वविद्यालयको कुनै काम कारबाही बदर हुने छैन।